नेपाल जन-प्रशासन संघको अध्यक्षमा पूर्व परराष्ट्र सचिव आचार्य निर्वाचित  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल जन-प्रशासन संघको अध्यक्षमा पूर्व परराष्ट्र सचिव आचार्य निर्वाचित 


१५ पुस २०८०, आइतबार


नेपाल जन-प्रशासन संघ

काठमाडौँ । नेपाल जन-प्रशासन संघको अध्यक्ष पदमा पूर्वपरराष्ट्र सचिव एवम् संयुक्त राष्ट्र संघको लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको २४ औँ साधरणसभाबाट आगामी दुई वर्षका लागि आचार्य निर्वाचित भएका हुन् । 

प्रशासन, व्यवस्थापन तथा शैक्षिक क्षेत्रका विषयमा वकालत गरी सरकारलाई नीति निर्माणमा सहयोग एवम् सुझाव दिने उद्देश्यले स्थापित उक्त संस्थाको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः मुकुन्द प्रसाद निरौला सचिव(उद्योग), दिलीप पौडेल, गोविन्द तामाङ र रजनी रेग्मी पनि निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरि दुई संस्थागत सदस्यमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र काष्ठमण्डप कलेज पनि निर्विरोध निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष कृष्णहरी बॅास्कोटा स्वतः सदस्य भएका छन् । बाकी सदस्यहरूमा पूर्व प्रशासक श्यामसुन्दर शर्मा, महेन्द्र थापा “सैबुले”, चुडामणि देवकोटा पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरि बलराम त्रिपाठी, डा. दिनेश पन्त, डा. ऋषिकेश पन्थी र हिरा श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् । 

पूर्वसचिव रेश्मीराज पाण्डेको संयोजकत्वमा पूर्व सचिव मणिराम ओझा र सकुल पौडेल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन कार्य सम्पन्न गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस