राष्ट्रिय सभामा श्रमिकको प्रतिनिधित्व गराउन माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभामा श्रमिकको प्रतिनिधित्व गराउन माग


१५ पुस २०८०, आइतबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरको नेतृत्वमा गएको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेका हो ।

युनियनको पदाधिकारी बैठकले नेपाल ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्षहरु लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुष्कर आचार्यको नाम सिफारिस गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिए ।

नेपाल ट्रेड युनियन काँग्रेसले पार्टीले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवि भएका हालसम्म कुनै छवि नभएका ट्रेड युनियनलगायत पेसागत सङ्गठन र बौद्धिक व्यक्तिबाट उम्मेदवार छनौट गर्न सभापतिको ध्यानाकर्षण गरेको छ । भेटमा सभापति देउवाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेदवार छनौट गर्ने जानकारी दिए  ।

Tags :
प्रतिक्रिया दिनुहोस