ललितपुर सिडिओ फिर्ता बोलाइए, प्रहरी प्रमुख र ईपीएस शाखा निर्देशक सुवेदीको पनि खोसियो जिम्मेवारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललितपुर सिडिओ फिर्ता बोलाइए, प्रहरी प्रमुख र ईपीएस शाखा निर्देशक सुवेदीको पनि खोसियो जिम्मेवारी 


१४ पुस २०८०, शनिबार


काठमाडौँ । ललितपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा बोलाइएको छ । पण्डितसँगै ईपीएस कोरिया शाखाका निर्देशक(उपसचिव) गुरुदत्त सुवेदी र ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहको पनि जिम्मेवारी खोसिएको छ । 

रोजगारी अनुमति प्रणाली(ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई लिएर सरकारले ललितपुरका प्रजिअसहित प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको हो । 

घटनाका विषयलाई लिएर ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत(पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भएको मन्त्रालय स्रोतले जनाएको छ । सिडिओ पण्डित अहिले केहीबेरमा गृह मन्त्रालय जाँदैछन् ।

इपीएस शाखाको कमजोरीका कारण शुरु भएको आन्दोलन चर्किरहेकै ठाउँबाट मन्त्रीको सवारी चलाउनु कमजोरी भएको र प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको विषयबारे सामाजिक सञ्जाल तातिरहेको छ । 

घटनाबारे छानविन गर्न समितिसमेत बनाई सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस