६ वटै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौँमा, प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

६ वटै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौँमा, प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्दै


१४ पुस २०८०, शनिबार


काठमाडौँ । सङ्घीयता कार्यान्वयन नभए सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरू शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई भेट्दैछन् ।

संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको भन्दै हेटौडामा दबाबका कार्यक्रम तय गरेका मुख्यमन्त्रीहरू भेला सकेलगत्तै काठमाडौँ आएका हुन् ।

सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा संघर्षमा जाने चेतावनी दिएका हुन् ।

मुख्यमन्त्रीहरूले प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग उनीहरूले अघि सारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस