कोरियामा सुतेकै अवस्थामा एक नेपाली युवाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरियामा सुतेकै अवस्थामा एक नेपाली युवाको मृत्यु


१३ पुस २०८०, शुक्रबार


विराटनगर । रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् ।

बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति-३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् ।

पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए । गत वर्ष उनी विदामा केही समयका लागि घर आएर फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस