हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

उनले हिजो (बुधवार) सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

उपमहानगरपालिकाका प्रवक्ता सूर्य बहादुर भट्टराईले नगर प्रमुखले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो टाँगेको जानकारीमा आएको प्रतिक्रिया दिए । उनले भने, ‘कानुनको कार्यान्वयन गर्ने तहमा रहेको व्यक्तिले गरेको उक्त कार्य अराजकताको पराकाष्ठा हो । उहाँ राज्यको नागरिक पनि हो । उहाँले राज्यको कानुन मान्नु पर्छ । ’

नगर प्रमुख साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु १ जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’

सम्बन्धित समाचार : ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु’: हर्क साम्पाङ

Tags :
प्रतिक्रिया दिनुहोस