‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु’: हर्क साम्पाङ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु’: हर्क साम्पाङ


११ पुस २०८०, बुधबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको फोटो राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै केन्द्रले महत्त्व दिएको दिनमा मात्रै पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो ठास्ने भन्दै भोली यलम्बरको फोटो राख्ने बताएका हुन् ।

उनले लेखेका छन् : ‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु १ जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनस् उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’

यलम्बरलाई किरातहरूको पहिलो राजा मानिन्छन्। जसले किराँतीहरूको रहनसहन व्यापार, रीतिथिति, संस्कार, संस्कृति जोगाउने कार्य गरेका थिए भनिन्छ । काठमाडौँ उपत्यकाका गोपाल वंशका राजालाई पराजित गरी उपत्यकालाई आफ्नो राज्य स्थापित गर्ने पहिलो ठूलो किरात राजासमेत रहेका यलम्बरले नेपालकै ठुलो र लामो शासन गर्ने किरात राजा मध्ये एक मानिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस