विद्युत् लाइन काट्ने निर्णयबारे बहस चल्नु दुर्भाग्य : जनार्दन शर्मा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विद्युत् लाइन काट्ने निर्णयबारे बहस चल्नु दुर्भाग्य : जनार्दन शर्मा


११ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री जनार्दन शर्माले उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेलामा यो खालको बहस चल्नु दुर्भाग्यपूर्ण रहेको शर्माले बताएका हुन् ।

बुधवार सामाजिक सञ्जालमा भनेका छन्, ‘देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेला, उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण छ।’

Tags :
प्रतिक्रिया दिनुहोस