राष्ट्रपति पौडेलद्वारा कालिका भगवती मन्दिरमा पूजाआराधना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेलद्वारा कालिका भगवती मन्दिरमा पूजाआराधना


११ पुस २०८०, बुधबार


ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेलले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । 

 सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन् । 

मन्दिरका मूल पुजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका छन् । 
 
राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार पुगेका थिए । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस