वेस्ट इन्डिज‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

वेस्ट इन्डिज‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगितामा नेपालले वेस्ट इण्डिजको ‘ए’ टोली विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् । टीयू मैदानमा नेपाल र वेस्ट इण्डिजबीच टी–२० शृङ्खलाको पाँच खेल हुने छ । 

नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलाइने छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ खेल मे ४ तारिखमा हुने छ । 

आज रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिदा वेस्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन् । 

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा वेस्ट इण्डिजको ‘ए’ टोलीसँग अभ्यास खेल आजबाट खेल्न लागेको हो। पहिलो पटक नेपाल भ्रमणमा मैत्रीपूर्ण खेल खेल्न आएको वेस्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ । 

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुँदैछ । 

नेपालले पहिलो खेलमा अनिलकुमार शाह र कमल ऐरीले अवसर पाएका छन् । भने करण केसी, सोमपाल कामी, आसिफ शेख र सन्दीप जोरा बेन्चमा छन् ।

नेपाली टीमः

कुशल भुर्तेल, अनिलकुमार शाह, विवेक यादव, कुशल मल्ल, रोहित पौडेल(कप्तान),दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कमलसिंह ऐरी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी

Tags :
प्रतिक्रिया दिनुहोस