कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँछौँ : प्रधानमन्त्री « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँछौँ : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन्।

सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि ध्यान दिएको बताए।

‘विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको छ। अब हाम्रो ध्यान विप्रेषण सँगै भित्रने सीप, दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुनेछ,’ उनले मङ्गलवार सम्बोधनका क्रममा भने, ‘म सबै आर्थिक र कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु।कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी पनि हामी गर्दैछौं।’

प्रधानमन्त्रीले सरकारका नीतिले मात्र होइन, खर्चले अर्थतन्त्रलाई गतिशील बनाउने बताए। त्यसका लागि पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिइरहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस