सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा


८ पुस २०८०, आइतबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आइतबार फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो । 

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस