स्टक एक्सचेञ्ज लाइसेन्सबारे थप अध्ययन आवश्यक छैन : धितोपत्र बोर्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्टक एक्सचेञ्ज लाइसेन्सबारे थप अध्ययन आवश्यक छैन : धितोपत्र बोर्ड


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोले आवश्यक निर्णय गरिदिने अर्थ मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको बोर्डस्रोतले जनाएको छ ।

२८ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सोही अनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस