गौरीफन्टा नाकामा प्रहरी हवल्दारमाथि हातपात « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गौरीफन्टा नाकामा प्रहरी हवल्दारमाथि हातपात


५ पुस २०८०, बिहिबार


काठमाडौँ । कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन् ।

प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत विष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

उक्त घटना पुस ३ गते दिउँसो करिब २ बजेतिरको भएको प्रहरीले जनाएको छ । तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस