राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ताको जिम्मेवारी मुख्यसचिवलाई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ताको जिम्मेवारी मुख्यसचिवलाई


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले राष्ट्रिय सभामा गठबन्धनसँग मिलेर जाने कुरा भएकाले उम्मेदवारको मापदण्डबारे अहिले छलफल नभएको बताए ।

प्रवक्ता महतले भने, ‘उम्मेदवारबारे सबै दलसँग छलफल गरेरमात्रै टुङ्गिन्छ । निर्वाचन आयोगमा दर्ताको जिम्मेवारी मुख्यसचिवलाई दिइएको छ । पुस १२ गते केन्द्रीय समितिको बैठक बस्दैछ । निर्वाचनको सन्दर्भमा सभापतिलाई जिम्मेवारी दिने प्रचलनअनुसार निर्वाचनको सबै जिम्मेवारी उहाँलाई दिइएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस