प्याराग्लाइडिङमा एकद्वार हटाएपछि बढ्यो विवाद, आन्दोलनमा पाइलट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्याराग्लाइडिङमा एकद्वार हटाएपछि बढ्यो विवाद, आन्दोलनमा पाइलट


२८ मंसिर २०८०, बिहिबार


काठमाडौँ । पोखराको प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली हटाएपछि विवाद उत्पन्न भएको छ ।

अहिलेसम्म प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो ।

संस्थाले व्यवसायीलाई शुल्कदेखि आलोपालोसम्म तोकिदिने कामले सिण्डिकेट हुने र स्वतन्त्र व्यवसायको अधिकार पनि मर्ने भन्दै अहिले व्यवसायीलाई शुल्क तोक्नेदेखि उडान गर्नेसम्मको अधिकार ‘ना’ ले सुम्पिएको छ ।

संस्थाले व्यवसायीलाई नै शुल्क तोक्न दिँदा र आलो पालो व्यवस्था पनि हटाउँदा प्याराग्लाइडिङ क्षेत्रमा मनपरी बढ्ने भन्दै बिहीबार प्यारापाइलटहरुले उडान ठप्प पारेका छन् ।

संस्थाले यसअघि उडानमा एकरूपमा कायम गर्ने भन्दै आधा घण्टा उडान भर्दा स्वदेशी तथा विदेशी दुबैसँग १२ हजार रुपैयाँ र पालो गरेर उडान गराउने व्यवस्था गरेको थियो । संस्थाबाटै एकद्वार प्रणालीमार्फत उडान गराउने कि सम्पूर्ण अधिकार व्यवसायीलाई दिने भन्ने विषयमा व्यवसायीकै बीचमा मतभेद थियो ।

संस्थाले तोकिदिएको मूल्य महँगो भएको, प्रवर्द्धनात्मक गतिविधिमा सहयोगी नबनेको, सेवा फितलो बनेको र संस्थाले एकाधिकार जमाएको एकाथरी व्यवसायीको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस