सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँ : कमल थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँ : कमल थापा


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरित भएको उनको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सोको विकल्पमा नेपाली जनताको चाहनाअनुरूप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।

उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनैतिक दलहरू तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए । उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।

उनले भने, ‘हाम्रो केन्द्रिय कार्यसमितिको बैठकले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको छ । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरित भएको छ भन्ने राप्रपा नेपालको निष्कर्ष रहेको छ । सो सन्देश यो व्यवस्था असफल भएको कारणले गर्दा यसको विकल्पमा नेपाली जनताको चाहनाअनुरूप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्छ भन्ने राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको ठहर छ । यो विकल्प अर्थात् राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना यदि राजनैतिक दलहरू तयार हुने हो भने, सहमत हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ । ‘

Tags :
प्रतिक्रिया दिनुहोस