राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने राप्रपाको निर्णय « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने राप्रपाको निर्णय


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट आगामी माघ ११ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।

बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रूपमा मनाउने निर्णय पनि गरेको छ। यस्तै इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको पनि श्रेष्ठले जानकारी दिए ।

यसैगरी राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रूपले देश सङ्कटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनः स्थापना, सङ्घीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ । सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाडौँमा बस्ने श्रेष्ठको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस