एउटै शौचालयका लागि पाँच करोड छुट्याएको कोशीले बजेट कटौती गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एउटै शौचालयका लागि पाँच करोड छुट्याएको कोशीले बजेट कटौती गर्ने


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । एउटै शौचालय निर्माणका लागि पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ ।

इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताए ।

आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका उप्रेतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताए ।

मुख्यमन्त्री केदार कार्कीले बजेटबारे उठेका प्रश्नको प्रदेश सभामा जवाफ दिने क्रममै कानुनको सुविधा प्रयोग गरेर बजेट कटौती गर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस