‘गणतन्त्रविरुद्ध भ्रम फैलाइयो, इतिहासको चक्का अगाडी बढ्छ-पछाडि फर्किन्न’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘गणतन्त्रविरुद्ध भ्रम फैलाइयो, इतिहासको चक्का अगाडी बढ्छ-पछाडि फर्किन्न’


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको स्पष्ट पारेका छन् ।

छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्यव्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएका छन् । इतिहासको चक्कालाई पछाडि धकेल्ने कोसिस देखिएका छन् । तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किँदैन ।’

मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘यो परिवर्तनकावाहक दल, नेता, सङ्घसंस्था, बुद्धिजीवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल लिइराखेको पनि बताए । उनले अर्थतन्त्रमा देखिएका तमाम समस्या हल गर्न राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस