कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अन्तिम चरणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अन्तिम चरणमा


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक र रोजगारदाताबाट सङ्कलन भएको सामाजिक सुरक्षा कोषको रकम बैंकमा राखेर ब्याज खानलाई नभएको बताएका छन्।

सोमवार छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले सामाजिक सुरक्षाको अवधारण रहेका धेरै मुलुकहरूमा आर्थिक सङ्कट परेका वेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको बताए।

उनले कोषमा जम्मा भएको रकम परिचालनमार्फत राष्ट्रिय पुँजीको रूपमा विकास गर्दै राष्ट्र निर्माणका लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। उनले अस्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार काम अन्तिम चरणमा पुर्‍याएको बताए।

उनले श्रम ऐनमा दिएका अधिकार प्रयोग गरेर श्रम मन्त्रालय सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा प्रतिबद्ध रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस