रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु हुने भएको छ।

महामन्त्री मुकुल ढकालले दिएको जानकारीअनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मङ्गलवार र बुधबार बैठक चल्नेछ।

रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो। बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।

केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ। पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा गर्ने तयारी पनि छ। महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा पनि संयुक्त बैठकमा छलफल हुने पार्टीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस