परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरी)ले भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशका मन्त्रीबीच रोजगारी, व्यापार तथा लगानी, विकास सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत साझा हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस