महोत्तरी प्रहरीको नव-प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महोत्तरी प्रहरीको नव-प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’


६ मंसिर २०८०, बुधबार


महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रम सुरु गरेको छ । विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उक्त कार्यक्रम शुरु भएको हो ।

मंगलबारदेखि सुरु भएको हिरासतमा पुस्तकालय कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरे । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बिच २०८० श्रावण २९ गते भएको कार्य सम्पादन सम्झौताको बुदां नं. २५ अनुसार हिरासतमा पुस्तकालय कार्यक्रमको प्रारम्भ भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार जलेश्वर नगरपालिका वडा नं. २ र ६ का वडा अध्यक्षहरूले पुस्तक र दराज सहयोग गरेका हुन् । अहिले ३ सय ९७ वटा पुस्तक रहेको पुस्तकालयमा ४ सय ५० सम्म पुस्तक पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

मल्लका अनुसार पुस्तकालयमा प्रेरणादायी पुस्तकहरू राखिएका छन् । उनले भने, थुनुवाहरूले अन्यलाई डिस्ट्रब नहुने गरी पढ्न पाउनु हुन्छ । अहिलेलाई राति १० बजेपछि पढ्न पाइँदैन । पढ्ने समय पनि निर्धारण गर्नेछौं ।’ अहिले हिरासतमा ५० जना थुनुवा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस