भूकम्पबाट घाइते भएकाहरुकाे सरकारले नि:शुल्क उपचार गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भूकम्पबाट घाइते भएकाहरुकाे सरकारले नि:शुल्क उपचार गर्ने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जानकारी दिए ।

 त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै  घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ । 

बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस