भूकम्प : रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भूकम्प : रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए


१८ कार्तिक २०८०, शनिबार


त्रिवेणी । भूकम्पमा परी घाइते भएका ३० जना उपचारपछि घर फर्किएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए ।

हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो ।

हाल पनि घाइतेको उद्धार र खोजी जारी रहेकाले घाइते र मृतकको सङ्ख्या थप बढ्नसक्ने बताए ।

उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा पुगिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस