भूकम्पका घाइतेहरूको उपचार नि:शुल्क गरिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भूकम्पका घाइतेहरूको उपचार नि:शुल्क गरिने


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिए ।

उनले भने, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरूको उपचार त्यही गर्छौँ, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधा सम्पन्न अस्पताल ल्याएर उपचार गर्छौँ । उपचारमा कुनै कमी हुने छैन ।’

मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जानकारी दिए ।

उनले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरूसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस