भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन् ।

नेपालको जाजरकोट रामीडाडाँ केन्द्रबिन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन् ।

उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

Tags :
प्रतिक्रिया दिनुहोस