पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ : ओली


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका साथ शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सहमतिमै शान्ति प्रक्रिया टुङ्गो लगाउनुपर्ने बताए।

‘सहमतिका साथ शान्ति प्रक्रिया टुङ्गो लगाउनुपर्छ,’ओलीले भने, ‘सर्वोच्च अदालतलगायतका आदेश मानेर तथा पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ।’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन बुधबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच छलफल भएको ओलीको भनाइ थियो।

साथै ओलीले चियापान समारोहमा उपस्थित भएकाहरूलाई धन्यवादसमेत दिएका छन्।

आफू र प्रधानमन्त्रीबीच कुनै तिक्तता नरहेको उनको भनाइ छ।

‘प्रधानमन्त्री र अघि सँगै थियौँ। हाम्रो चेहरा र हाउभाउ देख्नुभयो। हात हल्लाएको र मिलाएको, खुसी भएको देख्नुभयो,’ उनले भने, ‘एकै कार्यक्रममा खुसीसाथ देख्नुभयो।’

उनले चाडपर्वका बेला गरिएको चियापान समारोहमा थप राजनीतिक विषयबारे चर्चा नगर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस