बालेनले भने-‘जुनसुकै पालिकाको भए पनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार महानगरले गर्छ’  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बालेनले भने-‘जुनसुकै पालिकाको भए पनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार महानगरले गर्छ’ 


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौँ महानगरले उपचार गर्ने बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले त्यसबारे टोल छिमेक वा आफन्तहरूलाई समेत जानकारी दिन आग्रह गरेका छन् । प्रमुख बालेनले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस