जापानी विदेश मन्त्री नेपाल आउँदै « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

जापानी विदेश मन्त्री नेपाल आउँदै


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । जापानका विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको विदेश मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

जापानी विदेश मन्त्री श्रीलङ्का हुँदै नेपाल आउने भएकी हुन् । उनी वैशाख १४ गते नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ,’ जापानी विदेश मन्त्रालयले घोषणा गरेको छ । 

छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस