प्रधानाध्यापक स्वर्णकार हत्या प्रकरणमा महिला पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानाध्यापक स्वर्णकार हत्या प्रकरणमा महिला पक्राउ


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्वर्णकारको गोली हानि हत्या प्रकरणका कलैया उपमहानगरपालिका–१ बस्ने एक महिलालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन। सोमबार दिउँसो करिब एक बजेको समयमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए।

सम्बन्धित समाचार : बारामा प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार, अवस्था चिन्ता जनक

दुई वटा मोटर साइकलमा आएका चार जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट घाइते भएका स्वर्णकारको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मृत्यु भएको छ।

सम्बन्धित समाचार : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस