गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ ।

बाराको सिडिओ नवराज सापकोटाका अनुसार घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यु भएको हो ।

अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए ।

अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।

सम्बन्धित समाचार : बारामा प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार, अवस्था चिन्ता जनक

मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार भएको थियो छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन्

Tags :
प्रतिक्रिया दिनुहोस