बारामा प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार, अवस्था चिन्ता जनक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बारामा प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार, अवस्था चिन्ता जनक


१३ कार्तिक २०८०, सोमबार


बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ ।

गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ ।

अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस