विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न माग


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

आज आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले विदेशमा नेपालीको सम्पत्ति भएको खबर बाहिर आएको भन्दै नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताएका हुन् । उनले नेपालीलाई योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी अहिले भइरहेको बसाइसराइलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्नुपर्ने माग गरे ।

उनले भने, ‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी अहिले भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसमा एक चौथाइ बिदा कटौती गर्नुपर्छ ।’

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस