गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । गाजामा पछिल्लो २४ घण्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ। यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ।  

हमासका बन्दुकधारीहरूले इजरायलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन।  

‘शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ’ संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमवार साँझसम्मको स्थितिबारे मङ्गलवार पठाएको अपडेटमा भनिएको छ, ‘तीमध्ये छ जना पछिल्लो २४ घन्टमा मारिएका छन्।’

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ।  

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजराइलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस