एनआरएनका पराजित दुई उम्मेदवारले भेटेपछि प्रधानमन्त्री समापनमा जाने कार्यक्रम रद्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनआरएनका पराजित दुई उम्मेदवारले भेटेपछि प्रधानमन्त्री समापनमा जाने कार्यक्रम रद्द


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को चुनाव परिणाममा विवाद उत्पन्न भएपछि अध्यक्षमा पराजित दुई उम्मेदवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् । आजै बालुवाटार गएर उनीहरूले प्रधानमन्त्रीलाई संयुक्त भेट गरेका हुन् ।

स्रोतका अनुसार भेटमा उनीहरूले एनआरएनको चुनाव परिणाममा धाँधली भएको ब्रिफिङ गरेका थिए । उनीहरूले प्रधानमन्त्रीलाई आजको समापन कार्यक्रममा नजान पनि आग्रह गरे । उनीहरूको आग्रह स्विकार्दै प्रधानमन्त्री दाहाल एनआरएन महाधिवेशनको समापन कार्यक्रममा सहभागी भएनन् ।

आज ३ बजे आयोजना गरिएको समापनमा प्रधानमन्त्री जाने कार्यक्रम निश्चित थियो । तर, विवादका कारण सहभागी नहुने निर्णय लिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस