एमालेका कारण संविधान संशोधन असफल भयो : रक्षामन्त्री खड्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेका कारण संविधान संशोधन असफल भयो : रक्षामन्त्री खड्का


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रक्रिया आज पनि थाँती नै रहेको बताए ।

उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौं । त्यो प्रस्ताव अरु कसैको कारणले हैन एमालेको कारणले असफल भयो । त्यो असफल भएको संशोधनको प्रक्रिया आज पनि बाँकी छ ।’

रक्षामन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरूको अगाडि कार्यान्वयनको चुनौतीका रूपमा रहेको औँल्याए ।

संविधान जारी गर्दा आफूहरूले संविधान सभा मार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीहरूलाई दिएको विश्वास पुरा गर्ने प्रक्रिया बाँकी नै रहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस