इलाममा तीन हजार बढी मतले सुहाङ नेम्वाङको अग्रता कायमै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

इलाममा तीन हजार बढी मतले सुहाङ नेम्वाङको अग्रता कायमै


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । इलाम-२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू एक हजार ४५१ मतसहित चौथो स्थानमा रहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस