‘प्रचण्ड’ सरकारको आयु बढीमा २ महिना : सुरेन्द्र पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्ड’ सरकारको आयु बढीमा २ महिना : सुरेन्द्र पाण्डे


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको टिप्पणी गरेका छन् ।

कोशीमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा २ महिना रहेको उनको भनाई छ ।

रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले के संकेत गरिरहेको छ भने । १, २ महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छ । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस