कोशीमा सांसदको हस्ताक्षरको सनाखत जारी, आङ्बो पक्ष नआउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशीमा सांसदको हस्ताक्षरको सनाखत जारी, आङ्बो पक्ष नआउने


२७ आश्विन २०८०, शनिबार


विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् ।

 मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता गठबन्धन सनाखत मै नजाने भएको हो ।

संविधानको धारा १६८(५)अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन ।

दुवैले दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षलाई सनाखतको समय दिएका थिए । कार्कीको पक्षमा हस्ताक्षर गर्नेको अहिले सनाखत भइरहेको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेस गरेका माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोले भने सनाखतका लागि आफूहरू नजाने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस