नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड 


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपालीहरूको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएका छन् ।

साउदी अरबका लागि उडेको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार पाकिस्तानको आकाश माथिबाट फर्काएर ग्राउण्डेड भएको हो । यो ए३२० जहाज हो ।

निगमका अर्को वाइडबडी जहाज नाइन एन-एएलजेट २७ सेप्टेम्बरबाट ग्राउण्डेड छ । यो जहाजमा समेत प्राविधिक समस्या आएपछि उडान रोकिएको हो ।

निगमले वाइडबडी जहाज मर्मतको सामान विदेशबाट ल्याउनु पर्ने र सामान छुटिसकेको भन्दै दुई÷तीन दिनमा जहाज उडानयोग्य बनिसक्ने बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस