कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको घाटा के हो ? निर्क्योल गरियोस् : रवि लामिछाने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको घाटा के हो ? निर्क्योल गरियोस् : रवि लामिछाने


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगममाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘आयल निगम आयात पनि आफैँ गर्छ । व्यापार पनि आफैँ गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैँ गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैँ घाटामा छु भन्छ । घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’

Tags :
प्रतिक्रिया दिनुहोस