स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग बालेनको आग्रह  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग बालेनको आग्रह 


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई नागरिक अभिनन्दन गर्दै उनले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन।

उनले स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको उल्लेख गरे। उनले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए।

उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँजस्तो व्यक्तिको बारेमा काठमाडौँ महानगरपालिकाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मूल सूचना प्रवाह गर्न सके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ। विशेष गरी डाक्टरसाप, नर्स, स्वास्थ्यकर्मीहरू, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउन सक्ने प्रेरणा जाओस्।’

उनले थपे, ‘अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरू बाहिरिँदै जाँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरूलाई सुरक्षाको व्यवस्था होस्। कार्यक्रमको शुरुमै के भनियोभन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो। एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस