आज शेयर बजार घट्यो, १ अर्ब १३ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आज शेयर बजार घट्यो, १ अर्ब १३ करोड रुपैयाँको कारोबार


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

आज ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस