त्रिवि शिक्षण अस्पतालले भन्यो-‘नेम्वाङको मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

त्रिवि शिक्षण अस्पतालले भन्यो-‘नेम्वाङको मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो’


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।

नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस