लेखा अधिकृतविरुद्ध चार करोड ६७ लाखको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लेखा अधिकृतविरुद्ध चार करोड ६७ लाखको भ्रष्टाचार मुद्दा


१८ भाद्र २०८०, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सार्वजनिक पदमा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार कार्कीले २०५३ जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गतेसम्मको अवधिमा कुल पाँच करोड ७५ हजार ८७ हजार ३७० रुपैयाँ आर्जन गरेको पाइएको छ । सोही अवधिमा उनको वैधानिक आय भने एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ मात्र हुन आउँछ ।

वैधानिक रूपमा आर्जन गरेकोभन्दा उनीसँग चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ बढी सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस