कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ ।

सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।

हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुङ्ग्याउने गरी आदेश दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस