वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न आयोग गठन गर्नुपर्छ : लिङदेन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न आयोग गठन गर्नुपर्छ : लिङदेन


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा केही दिन अघि आफू साउदी अरब र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्।

अध्यक्ष लिङदेनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदूतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सरकारले बिचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरूको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाए।

अध्यक्ष लिङदेनले भने, ‘नेपालमा गरिखान नपाएपछि नेपालीहरू विदेश पुगेका छन्। तर, उनीहरूको अवस्था दयनीय छ। त्यहाँ रहेका राजदूतावासहरूको अवस्था पनि दयनीय छ। सरकारले त्यसले त्यहाँको राजदूतावासको स्थिति सुदृढ बनाओस्। र, वैदेशिक रोजगारमा रहेका युवाहरूको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिसन गठन होस् भनेर माग गर्न चाहन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस