औषधिको लेबलमा रातो धर्का राख्न उत्पादकलाई विभागको निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

औषधिको लेबलमा रातो धर्का राख्न उत्पादकलाई विभागको निर्देशन


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । प्रतिजैविक औषधिमा अनिवार्य रूपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधि सल्लाकार समितिको ५५औँ बैठकबाट विभागलाई सो व्यवस्था लागू गर्न सिफारिस आएसँगै विभागको ११ भदौको निर्णयले अनिवार्य औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।

प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रूपमा प्याकिङको लेबलमा रातो धर्का राख्नुपर्ने छ ।

प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस